रौतहटको नेपाल–भारत नाका डेढ वर्षपछि सञ्चालनमा

`

     २०७८ आश्विन २० गते ९:२८

काठमाडौँ, २० असोज । कोरोना संक्रमण रोकथामका लागि २०७६ चैत ११ देखि ( डेढ वर्ष अवधि ) बन्द गरिएको रौतहटको नेपाल भारत सीमा नाका बुधबार (आज) देखि खुलेको छ ।

रौतहटको गौर र भारतीय बजार बैरगनिया नाकामा बुधबारदेखि निजी सवारी साधन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

नेपाली पक्षले एक साता अघिनै खुला गरे पनि भारतीय पक्षले सवारी आगमनमा रोक लगाएको थियो । ‘हामीले केही दिन अघिदेखि नै नाका खोलेका थियौ, भारतीय पक्षले भने आजबाट नाका खोलेपछि दुवै देशका नागरिकहरु कोभिड सुरक्षा सतर्कताको पालना गर्दै आवतजावत गर्न सक्छन्’ प्रमुख जिल्ला अधिकारी यादवले भने ।

भारतीय सवारी साधनको प्रवेश शुरु भएसँगै होटेल तथा पर्यटन व्यवसायी पनि खुशी भएको उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष पण्डितप्रसाद जयसवालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?