काठमाडौँ, २० असोज । आजदेखि ललितपुरमा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई आजदेखि कोभिडविरुद्धको भेरोसेल खोप लगाइने जनाएको हो। जिल्ला खोप समन्वय समितिको निर्देशन अनुसार आज बुधबारबाट १८ वर्षमाथि उमेर समूहका सबैलाई भेरोसेलको पहिलो डोज दिन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए।
खोप आफूलाई पायक पर्ने पालिकाले तोकेको खोप केन्द्रमा गएर खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ।




