काठमाडौँ, २० असोज । बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भइरहेको छ । मङ्गलबार छापावाल सुन प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुनको मुल्य आज प्रतितोला रु ८९ हजार ४५० रहेको छ ।
साथै चाँदीको मूल्य मङ्गलबार झैंँ प्रतितोला रु १ हजार १६० मा कारोबार भइरहेको छ ।




