प्रदेश २ को मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै, विश्वासको मत पाउने निश्चित

`

     २०७८ आश्विन २० गते ५:४४

काठमाडौँ, २० असोज । प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिँदै छन् ।

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) विभाजपछि संविधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

मुख्यमन्त्री राउतले विश्वासको मत पाउने निश्चित छ । सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका ८ जना गरी ७९ जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।

लोकतान्त्रिक समाजवादी पाटीले भने मुख्यमन्त्रीको राजीनामा माग्दै प्रदेश सभाको बैठक अवरुद्ध गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?