थप ९६८ संक्रमित, ६ जनाको मृत्यु

`

     २०७८ आश्विन १९ गते ११:१६

काठमाडौँ, १९ असोज । नेपालमा थप ९६८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ७६२ र एन्टीजेन परिक्षणबाट २०६ गरि कुल ९६८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १११४ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार २४८ पुगेका छन् ।

थप ६ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?