चिनियाँ राजदूतले भने – नेपाल चीनबिच सीमा विवाद छैन

`

     २०७८ आश्विन १९ गते १०:४९

काठमाडौँ, १९ असोज ।  नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल-चीन सीमा विवादमुक्त भएको बताएकी छन् ।

दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्विट गर्दै राजदूत होउले सीमा सम्झौता मित्रता र आपसी फाइदाजनक सहकार्यको सेतु भएकी बताएकी छन् ।

‘आजकै दिन ६० वर्षअघि मित्रवत वार्ताबाट चीन र नेपालबीच सीमा सम्झौताबाट हस्ताक्षर भएको थियो, त्यसबेलादेखि नै हामीबीच सीमासम्बन्धी कुनै विवाद छैन र यो मित्रताको आधार बन्यो र आपसी फाइदाजनक सहकार्यको सेतु बनेको छ ।, उनले लेखेकी छन् ।

गृह मन्त्रालयले हुम्लाको नाम्खा गाउँपालिकाको लिमि क्षेत्रमा उब्जिएको सीमालगायत केही विषयमा द्वीपक्षीय सहकार्य गरेर समस्या समाधान गर्न आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको समाचारमा आइरहेको बेला राजदूत होउको ट्विट सार्वजनिक भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?