थप १०३० संक्रमित, १० जनाको मृत्यु

`

     २०७८ आश्विन १८ गते ११:५२

काठमाडौँ, १८ असोज । नेपालमा थप १०३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

साथै पछिल्लो २४ घन्टामा १ हजार जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संगै संक्रमितमध्ये हालसम्म ७ लाख ७० हजार २२४ जना निको भएका छन् ।

हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा थप १० जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १७४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?