" /> उपदान तथा पेन्सन कोषको रकम राष्ट्र बैंकले लगानी गर्ने - Sarbocha Media

उपदान तथा पेन्सन कोषको रकम राष्ट्र बैंकले लगानी गर्ने

`

     २०७८ आश्विन १७ गते १०:२२

काठमाडौँ, १७ असोज । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ५६ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ ।

आज एक सूचना जारी गर्दै बैंकले २०७८ कार्तिक २ गते ३६६ दिनका लागि सो कोषको रकम लगानी गर्न लागेको बताएको छ ।

बैंकले इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरुलाई तोकिएको शर्तहरु पूरा गरी प्रस्तावित ब्याजदरसहित आगामी असोज १९ गते बेलुका ५ बजे भित्र दरखास्त हालिसक्न भनेको छ ।

सूचना अनुसार बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि ४४ करोड ८० लाख, ‘ख’ वर्गका विकास बैंकहरुका लागि ८ करोड ४० लाख छुट्याएर बाँकी रहेको २ करोड ८० लाख रुपैयाँ ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुलाई छुट्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?