नेप्सेमा ५६ अंकको गिरावट

`

     २०७८ आश्विन १७ गते ९:५८

काठमाडौँ, १७ असोज । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ५६ अंकले घटेको छ ।

नेप्से परिसूचक ५५.९३ अंकले घटेर २५७७.४९ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११.०७ अंकमा झरेको छ ।

५२ हजार ३९१ कारोबार हुँदा हुँदा ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ४ अर्ब ११ करोड ३८ लाख १४ हजार हजार २४६ रुपैयाँ पुगेको छ ।

मैलुङ खोला जलविद्युत् कम्पनीको मूल्य २९.९७ देखी बढेर ३२५.४० पुगेको छ । त्यसका साथै स्वाभिमान लघुवित्त पनि १४१.६० अंकले बढेर २४८१.६० पुगेको छ ।

सबैको लघुवित्त वित्तीय संस्था ३५, प्रिमियर इन्स्यारेन्स कम्पनी १७ र माउन्टेन इनर्जी नेपाल आज १७ अंकले वृद्धि भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?