ब्राजिलका राष्ट्रपति बोल्सोनारोको विरोधमा शनिबार विशाल जनप्रदर्शन

`

     २०७८ आश्विन १७ गते ६:२०

एजेन्सि, १७ असोज । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको विरोधमा हजारौँले सडकमा उत्रिएर प्रदर्शन गरेका छन् ।

विपक्षी दल तथा ट्रेड युनियनहरूले उक्त प्रदर्शनको आयोजना गरेका हुन् । पछिल्लो समय बोल्सोनारो कोभिड–१९ महामारीको व्यवस्थापनलाई लिएर आलोचित छन् ।

शनिबार देशका १६० भन्दा बढी गाउँ र शहरमा प्रदर्शनको आयोजना गरियो । प्रदर्शनकारीले बोल्सोनारोलाई पदबाट हटाउनुपर्ने माग गरेका थिए । च्याम्बरमा डेप्युटिजमा बोल्सोनारोमाथि महाभियोग लगाउन माग गर्दै १ सयभन्दा बढी निवेदन परेका छन् । तर, त्यसको नेतृत्वले उक्त मागलाई अघि बढाएका छैनन् । ब्राजिलको सर्वोच्च अदालतले हालै मात्र बोल्सोनारोमाथि विभिन्न छानबिन अघि बढाउन अनुमति दिएको थियो ।

अर्को अक्टोबरमा ब्राजिलमा आम निर्वाचन हुनेछ । उनले सन् २०१९ जनवरीमा पदभार सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?