सुनचाँदीको मुल्यमा वृद्धि

`

     २०७८ आश्विन १७ गते ५:३६

काठमाडौँ, १७ असोज । आइतबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला प्रतितोला २ सयले बढेर ८९ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोला ८९ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रहेको छ ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला ११६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?