उपभोक्ताहरूको गुनासो आएपछि भक्तपुरमा बजार अनुगमन सुरु

`

     २०७८ आश्विन १५ गते ११:५९

काठमाडौँ, १५ असोज । भक्तपुर जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन शुरु गरेको छ ।

दशैंपर्व नजिकिए सँगै खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुहरुमा मुल्य बृद्धि भएको उपभोक्ताहरुको गुनासो आएको भन्दै आजबाट बजार अनुगमन शुरु गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको (सहायक सीडीओ) नेतृत्वमा उपभोक्ता मञ्च, खाद्य तथा गुण नियन्त्रण विभाग र नगरपालिकाको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

भक्तपुरको राधेराधेमा संचालित भाटभेटेनीमा अनुगमणका क्रममा चिनी तथा खाने तेलमा २० प्रतिशत भन्दा बढि नाफा लिएको पाईएको अनुगमन टोलीले फेला पारेको छ । त्यस्तै, मुल्यसूची नभएको, खरिद बिल देखाउन नसकेको हुनाले उपभोक्ता संरक्षण ऐन बमोजिम कार्वाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताउनु भयो ।

अनुगमन टोलीले भाटभटेनीमा रहेको तरकारीको तौल नपुगेको तथा महँगोमा तरकारीहरु बेच्न राखेको भन्दै टोलीले सम्झाई बुझाई गरी फर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?