काठमाडौँ, १५ असोज । नेपालमा थप १०६६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ८९८ र एन्टीजेन परिक्षणबाट १६८ गरि कुल १०६६ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९३८ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार १११५ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ ।




