एमसीसी अनुमोदन गर्न खोजिँदै छ, यो महाकाली झैँ झुकाउने कुरा हो : भीम रावल

`

     २०७८ आश्विन १५ गते ११:००

काठमाडौँ, १५ असोज । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अहिले अमेरिकन मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) संसदमा संकल्प प्रस्तावको रुपमा ल्याएर अनुमोदन गर्ने प्रयास भैरहेको बताएका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै नेता रावलले देशको साधन-स्रोतको सदुपयोग र स्वाधीनता प्रति चासो नराख्नेहरू नेपालको स्वाधीनता र स्वतन्त्रतामा आघात पार्ने एमसीसी सम्झौता अनुमोदन गर्न लागिपर्नु रहस्यमय रहेको बताएका छन् ।

उनले संसदमा संकल्प प्रस्ताव ल्याइ उक्त सम्झौता अनुमोदन गर्ने भन्नु महाकाली सम्झौता गर्दाको संकल्प प्रस्ताव झैं झुक्याउने कुरा भएको समेत बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?