एमाले नभएको भए भारतको नाकाबन्दीको सामना नेपालले गर्न सक्दैन थियो : प्रदीप ज्ञवाली

`

     २०७८ आश्विन १५ गते ८:३६

काठमाडौँ, १५ असोज । नेकपा (एमाले) सचिव प्रदीपकुमार ज्ञवालीले एमाले पार्टी नभएको भए नेपालको संविधान नबन्ने दावी गरेका छन् ।

ललितपुरको गोदावारीमा जारी नेकपा (एमाले) प्रथम विधान महाधिवेशनमा बोल्दै सचिव ज्ञवालीले यस्तो मत राखेको हो।

‘नेपालमा नेकपा एमालेको अग्रणी भूमिका हुँदैन थियो भने अनेकौँ चुनौति र हस्तक्षेपलाई चिररे संविधान बन्दैन थियो,’ उनले भने, संविधान कार्यन्वयका कामहरु अघि बढ्दैन थियो। एमाले नभएको भए भारतको नाकाबन्दीको सामना नेपालले गर्न सक्दैन थियो। देशको चुच्चे नक्सा देशले प्राप्त गर्न सक्दैन थियो।’

उनले नेपालको राष्ट्रिय राजनीतिमा एमाले घरको छानो जस्तै भएको उल्लेख गरे । उनले भने, ‘नेकपा एमाले राष्ट्रिय राजनीतिमा घरको धुरी जस्तै हो । जसमा सबै संरचनाहरु अडिएको छन् । राष्ट्रिय एकतार राष्ट्रियताका आधार स्तम्भको रुपमा एमाले उभिएको छ।’

महाधिवेशन कार्यक्रममा बोल्दै उनले एमाले नेपाली जनताको सपना र चाहना पूरा गर्ने एकमात्रै पार्टी भएको पनि जिकीर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?