तीन दिन पछि सुनचाँदीको मूल्य बढ्यो

`

     २०७८ आश्विन १५ गते ५:५४

काठमाडौँ, १५ असोज । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । सुन आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो ।

तेजाबी सुनको भाउ पनि प्रतितोलामा ९०० रुपैयाँले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार १४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?