फेरी उत्तर कोरियाद्वारा मिसाइल परीक्षण, एक महिनामै ४ मिसाइल परीक्षण

`

     २०७८ आश्विन १५ गते ५:०७

काठमाडौँ, १५ असोज । उत्तर कोरियाले १ महिनामा चारवटा मिसाइल परीक्षण गरेको छ ।

उत्तर कोरियाले बिहीबार नयाँ एन्टी-एयरक्राफ्ट मिसाइल परीक्षण गरेको जनाएको छ । योसँगै सेक्टेम्बारमा उत्तर कोरोनाले चार पटक मिसाइल परीक्षण गरेको हो ।

केही दिनअघि मात्रै उसले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । उक्त मिसाइल परमाणु क्षमतासहितको भएको पनि बताइएको छ ।

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले ‘दोहोरो मापदण्ड ’ अपनाएको भन्दै आत्मरक्षाका लागि हतियार परीक्षण गरेको बताएको छ । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार नयाँ एन्टी–एयरक्राफ्ट मिसाइल शक्तिशाली युद्ध क्षमतासहितको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?