नेप्सेमा ३२ अंकको गिरावट

`

     २०७८ आश्विन १४ गते ९:४८

काठमाडौँ, १४ असोज । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३२ अंकको गिरावट आएको छ ।

दोहोरो अंकले घटेको बजारमा जम्मा तीन अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसक्रममा आज जम्मा ७३ लाख २१ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।

बजार उच्च अंकले घटे पनि आज व्यापार, अन्य र म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ । व्यापार ११८ अंकले, अन्य ४ अंकले र म्यूचुअल फण्ड समूह ०.०३ अंकले बढेको छ । यसबाहेक अन्य सबै समूहमा गिरावट आएको छ ।

विकास बैंक समूहमा सबैभन्दा धेरै १५५ अंकको, निर्जीवन बीमा समूहमा १०४ र जीवन बीमा समूहमा १०१ अंकको गिरावट आएको छ ।

बजार घटेपनि आज नेपाल फाइनान्स, मैलुङ खोला र मनकामना स्मार्ट लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?