सुनचाँदीको मुल्यमा गिरावट

`

     २०७८ आश्विन १४ गते ५:३४

काठमाडौँ, १४ असोज । विहिबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला प्रतितोला २ सयले घटेर ८८ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोला ८८ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ११२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?