काठमाडौँ, १३ असोज । बुधबार नेप्से ५०.५८ अंकले बढेर २६६५ अंकमा कायम भएको छ। यस दिन परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ।
हिजो ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ५ अर्ब २ करोडमा सीमित भएको छ।
सबै समूह हरियो बनेका छन्। बैंकिङ २०, विकास बैंक १५०, फाइनान्स १०७, होटल तथा पर्यटन ३२, जलविद्युत ११७, लगानी २, जीवन बीमा २१५ र उत्पादन समूह १०३ अंकले बढे। त्यस्तै माइक्रोफाइनान्स समूह ८८, निर्जीवन बीमा २५५, अन्य ४१ र ब्यापार समूह ७५ अंकले बढेका छन्।
यस दिन कुल १७३ कम्पनीको मूल्य बढ्यो भने ११ कम्पनीको मूल्य घटेको छ। त्यस्तै २ कम्पनीको मूल्य स्थिर रह्यो।




