कारागारमा कैदीहरुबीच झडप, २४ को मृत्यु

`

     २०७८ आश्विन १३ गते ७:३१

एजेन्सि, १३ असोज । इक्वेडरको एक कारागारमा झडप परेको छ ।

मंगलबार समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप हुँदा कम्तीमा पनि २४ जना कैदीको मृत्यु भएको बताइएको छ ।

त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?