काठमाडौँ, १३ असोज । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको मूल्य आज १०० रुपैयाँले घटेर प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम छ ।
हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य स्थिर रहि प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।




