थप ११५८ संक्रमित, १२ जनाको मृत्यु

`

     २०७८ आश्विन १२ गते १०:५२

काठमाडौँ, १२ असोज । नेपालमा थप ११५८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ९०४ र एन्टीजेन परिक्षणबाट २५४ गरि कुल ११५८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११५८ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार ४२२ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?