काठमाडौँ, १२ असोज । नेप्से परिसूचक मंगलबार करिब ७० अंकले घटेको छ । यो गिरावट संगै नेप्से २६१५.४० विन्दुमा ओर्लेको छ ।
आइतबार र सोमबार पनि उच्च अंकले घटेको बजारले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।
अघिल्ला दिनमा जस्तै मंगलबार पनि सेयर बजारमा उतारचढाब देखियो । तर, अधिकांश समय बजार ओरालो लागिरह्यो । सो दिन पनि कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।
दिनभरीको कारोबारमा २ सय १६ कम्पनीका ५ अर्ब ७४ करोड रुपैयाँबराबरको सेयर किनबेच भएका छन् ।




