ताप्लेजुङमा अक्सिजन उत्पादन कार्य सुरु

`

     २०७८ आश्विन १२ गते ७:१६

काठमाडौँ, १२ असोज । ताप्लेजुङको जिल्ला अस्पतालमा गत साता अक्सिजन प्लान्ट जडान भएसँगै अक्सिजन उत्पादन गर्न थालिएको छ ।

अस्पतालका सूचना अधिकारी विजया राईको अनुुसार नियमित अक्सिजन उत्पादन सुरु गरिएकाले अन्य जिल्लाबाट अक्सिजन आयत गर्नुपर्ने समस्या अहिले हटेको छ ।

ठेक्का पाएको प्रविधि इन्टरनेश्नल सप्लार्यसले रु ७१ लाख ५० हजारको लागतमा प्लान्ट जडान गरेको अस्पतालका निमित्त मेडिकल सुुपरिटेण्डेन्ट डा सोनिङ लामाले जानकारी दिनुभयोे ।

अब यही प्लान्टमार्फत २४ घण्टामा २० थान अक्सिजन ठूलो सिलिण्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने सप्लार्यसका प्राविधिक दिलबहादुर विकले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?