सुनचाँदीको मुल्य घट्यो, प्रतितोला कति?

`

     २०७८ आश्विन १२ गते ५:२३

काठमाडौँ, १२ असोज । मंगलबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला प्रतितोला ३ सयले घटेर ८९ हजारमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोला ८९ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रहेको छ ।

मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाले घटेको छ । आज प्रतितोला चाँदीको मूल्य ११५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?