एजेन्सि, ११ असोज । बेलायतमा आइतबार एकै दिनमा ३२ हजार भन्दा बढी कोरोना सङ्क्रमित थपिएका छन् । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४१७ जना सङ्क्रमित भेटिएका हुन् ।
गएको २४ घन्टा यता मात्र थपिएका ती सङ्क्रमितहरुसँगै यहाँ अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ७६ लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार यहाँ आजसम्म सङ्क्रमितहरुको संख्या ७६ लाख ६४ हजार ५२० जना पुगेको छ । त्यसैगरी यहाँ यस सङ्क्रमणबाट भएको मृत्युको संख्या १ लाख ३६ हजार १६८ जनाको मृत्यु भएको छ ।
२४ घन्टामा ५८ जनाको सङ्क्रमणबाट ज्यान गएको बताइएको छ । केही समयअघि यहाँ भाइरसका सङ्क्रमितहरु घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भएपनि पछिल्लो हप्ताहरुमा महामारीको सङ्क्रमण फेरि बढ्न सक्ने खतरा देखिएको छ । पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्रमित थपिने गरेका बताइएको छ ।




