काठमाडौँ, ११ असोज । सेयर बजारको परिसूचक नेप्से सोमबार परिसूचक ७३ अंकले घटेको हो। सो अंकको गिरावटपछि परिसूचक २६८५ अंकमा कायम भएको छ।
परिसूचक संगै कारोबार रकम पनि घटेको छ। आइतबार ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ५ अर्ब १२ करोडमा सीमित भयो।
यस दिन सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ ४४, ब्यापार ४१, होटल तथा पर्यटन ९०, विकास बैंक १९४, जलविद्युत ८०, फाइनान्स ११२, निर्जीवन बीमा ४३९, उत्पादन १०४, अन्य ४६, माइक्रोफाइनान्स १३२, जीवन बीमा ४३७ र लगानी समूह २ अंकले घटे।
आज ३ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो। मनकामना स्मार्ट लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत, मैलुङखोला जलविद्युतको मूल्य १० प्रतिशतले र गोर्खा फाइनान्सको मूल्य ६ प्रतिशतले बढेको छ ।
यस दिन कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको १५ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो।




