प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, दल विभाजन अध्यादेश खारेज गर्ने 

`

     २०७८ आश्विन ११ गते ६:१७

काठमाडौँ, ११ असोज । दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

एक मन्त्रीको अनुुसार सोमवार बेलुका ४ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको हो ।

मन्त्रिपरिषदको निर्णय लगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी भएको छ ।सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अध्यादेश फिर्ता लिने तयारी भएको पार्टी स्थायी कमिटी बैठकमा सोमबार बिहान ब्रिफिङ गरेका छन् ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साहले बैठकले खासै ठुलो निर्णय नगरेपनि पार्टीको स्थानीय तहको अधिवेशन मिति हेरफेर तथा सरकारको पूर्णताको लागि कानून, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलफल भएको जानकारी दिए ।

सरकारले गत साउन २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । संविधान अनुसार संसदको अधिवेशन सञ्चालनमा आएको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्छ । अध्यादेश पेस भएसँगै ६० दिनभित्र सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?