काठमाडौँ, ११ असोज । सोमबार सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला प्रतितोला ३०० सय ले बढेर ८९ हजार ३ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाला सुन तोला ८९ हजारमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रहेको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाले बढेर प्रतितोला ११६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




