काठमाडौँ, १० असोज । चालु आर्थिक वर्ष २०७८/७९ को शुरुवातबाटै वस्तु निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले कुल ४४ अर्ब रुपैयाँ बराबरको निर्यात गरिसकेको छ । निर्यात अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा मात्र २० अर्ब ४४ करोड रुपैयाँ बराबरको भएको थियो ।
यो वर्ष निर्यातमा ११५.४३ प्रतिशतको वृद्धिदर देखिएको छ । निर्यातमा ठूलो हिस्सा भटमास र पाम तेलको हिस्सा बढी छ ।
भन्सार विभागका अनुसार निर्यातमा वृद्धि भएसँगै वैदेशिक व्यापारमा निर्यातको हिस्सामा समेत १९.७४ प्रतिशतको वृद्धि भएको छ । नेपालको निर्यातमा १२.२८ प्रतिशत निर्यातले बेहोर्दा आयातको भने ८७.७२ प्रतिशत हिस्सा रहेको छ ।
चालु आवमा दुई महिनामा ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
आर्थिक वर्ष २०७७र७८ मा मात्र १ खर्ब ७८ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।




