स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नीति योजना तथा अनुगमन महाशाखाले गत साउन २० गते प्रतिष्ठानमा देखिएका समस्याबारे स्थलगत निरीक्षण गरी प्रतिवेदन पेश गर्न चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरेको थियो ।

सोही निर्देशन अनुसार अध्ययन गत भदौ २ गतेदेखि प्रतिष्ठानमा स्थलगत निरीक्षण गर्न टोली खटिएको थियो । अध्ययन टोलीमा नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा। नारायणबिक्रम थापा, सदस्य डा। प्रेणितकुमार पोखरेल लगायत सहभागी थिए ।

" /> बीपी प्रतिष्ठानमा विशेषज्ञले बिरामी हेर्दैनन् - Sarbocha Media

बीपी प्रतिष्ठानमा विशेषज्ञले बिरामी हेर्दैनन्

`

     २०७८ आश्विन १० गते १०:१९

काठमाडौँ, १० असोज । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको स्थलगत निरीक्षण प्रतिवेदनअनुसार प्रतिष्ठानमा उपचार गराउन आउने बिरामीको उपचार विशेषज्ञहरुले नहेर्ने गरेको ररेजिडेन्ट चिकित्सकहरुले मात्र हेर्ने गरेका छन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण समिति नन फंगसन भएकाले अस्पतालमा भएका शल्यक्रिया भएका बिरामीहरुमा संक्रमणको मात्रा ज्यादै धेरै रहेको पाइएको छ । अस्पतालमा आईसीयू बेडको कमीले गर्दा आकस्मिक कक्षमा आएका नाजुक अवस्थाका बिरामीहरु अन्य अस्पतालमा रिफर हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नीति योजना तथा अनुगमन महाशाखाले गत साउन २० गते प्रतिष्ठानमा देखिएका समस्याबारे स्थलगत निरीक्षण गरी प्रतिवेदन पेश गर्न चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरेको थियो ।

सोही निर्देशन अनुसार अध्ययन गत भदौ २ गतेदेखि प्रतिष्ठानमा स्थलगत निरीक्षण गर्न टोली खटिएको थियो । अध्ययन टोलीमा नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा। नारायणबिक्रम थापा, सदस्य डा। प्रेणितकुमार पोखरेल लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?