दाङमा नयाँ शाखा खुले सँगै मेगा बैंकको शाखा सङ्ख्या २०० पुग्यो

`

     २०७८ आश्विन १० गते ६:३६

काठमाडौँ, १० असोज । मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ ।

लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसंगै बैंकको शाखा संख्या २०० पुगेको छ ।

यसै आर्थिक बर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ । निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने मेगा बैंकको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?