सुनको मूल्य स्थीर

`

     २०७८ आश्विन १० गते ५:२२

काठमाडौँ, १० असोज । नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा आज आइतबार पनि सोही मूल्यमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँले घट्दै १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?