थप १४७६ संक्रमित, ९ जनाको मृत्यु

`

     २०७८ आश्विन ०८ गते ११:१८

काठमाडौँ, ८ असोज । नेपालमा थप १४७६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ११०३ र एन्टीजेन परिक्षणबाट ३७३ गरि कुल १४७६ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५५० जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २० हजार २८७ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?