काठमाडौँ, ८ असोज । प्रहरीले २ किलो १०० ग्राम लागु औषध अफिमसहित मकवानपुरबाट १ जनालाई पक्राउ गरेको छ ।
आज बिहान ९ बजेको समयमा प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी कैलाश गाउँपालिका-२ भैसेका २१ वर्षीय राजन मुक्तानलाई पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले २ किलो १०० ग्राम लागुऔषध अफिम बरामद गरेको छ । पक्राउ परेका उनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




