काठमाडौँ, ८ असोज । सुनको मुल्यमा आज फेरि गिरावट आएको छ ।
शुक्रवार सुनको मूल्य ६०० रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
तेजाबी सुनको भाउ पनि आज ६०० रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने प्रतितोलामा ५ रुपैयाँले घटेर आज ११६० रुपैयाँमा किनबेच भइरहेको छ ।




