लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई मदन पुरस्कार

`

     २०७८ आश्विन ०७ गते १२:०८

काठमाडौँ, ७ असोज । यसवर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ । त्यस्तै जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ ।

दुबै पुरस्कारको राशी जनही ४ लाख रुपैयाँ रहेको छ ।

मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

मदन पुरस्कार गुठीले नेपाली इतिहासका प्राथमिक सामग्रीहरुको संकलन र पहुँचलाई विस्तार गरेकाले लिम्बुवानको ऐतिहासिक दस्तावेजलाई मदन पुरस्कार प्रदान गरेको जनाएको छ । गिरि श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र इङ्गनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?