एमालेको अवरोधका दौरानमा संशोधित बजेट दुवै सदनबाट पारित

`

     २०७८ आश्विन ०७ गते १०:२०

काठमाडौँ, ७ असोज । नेकपा (एमाले)को अवरोधका बीच संशोधित बजेट दुवै सदनबाट पारित भएको छ ।

नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि त्यसलाई कार्यान्वयनमा लगिनेछ ।

पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट प्रतिस्थापन विधेयक अघि सार्नुभएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?