काठमाडौँ, ७ असोज । आज शेयर बजारमा झिनो अंकले बढेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटि इन्डेक्स पनि १.९३ अंकले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधारिएको छ ।
बिहीबार ७ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ पुगेको छ । बिहीबार धेरै जसो बैंक र फाइनान्स कम्पनीहरुको शेयर मूल्य बढेको छ ।
समूह्गत सवइन्डेक्सहरुमा पनि बैंक २ प्रतिशत भन्दा धेरै बढेको छ भने फाइनान्स पनि झिनो अंकले सुधारिएको छ । बाँकी सबै सबइन्डेक्सहरु घटेका छन् ।




