अमेरिकाले न्यून आय भएको देसलाई ५० करोड कोरोना खोप दिने

`

     २०७८ आश्विन ०७ गते ८:३६

काठमाडौँ, ७ असोज । अमेरिकाले न्युन आय भएको देशलाई ५० करोड डोज कोरोना खोप दिने भएको छ ।

उत्पादनकोे क्रममा रहेको कोरोना विरुद्धको खोप फाइजरको ५० करोड डोज खोप अनुदानमा दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले बुधबार विश्वका १ सय मुलुकलाई उक्त खोप अनुदानमा दिन लागिएको बताएका छन् ।

अमेरिकाले १ अर्ब १० करोड डोज कोरोना खोप अनुदानमा वितरण गर्ने योजना बनाएको छ । उसले यसअघि नै करिब १६ करोड डोज खोप वितरण गरिसकेको छ ।

अमेरिकी राष्ट्रपति बाइडनले संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै बुधबार विश्वका सबै स्थानमा कोरोना महामारीको अन्त्य गर्नु जरुरी रहेको बताएका छन् । उनले सबै मुलुकलाई आगामी वर्षको सेप्टेम्बरसम्ममा विश्वभरका ७० प्रतिशत मानिसमा कोरोना खोप पुर्‍याउन सहयोग गर्न आग्रह गरेका छन् । उनले भने, ‘यो निकै महत्वाकांक्षी लक्ष्य हो तर यो निकै महत्वपूर्ण छ ।’

डब्ल्यूएचओका अनुसार विश्वभरका ७० प्रतिशत मानिसलाई कोरोना खोप पुर्‍याउन करिब ११ अर्ब डोज खोप आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?