सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति?

`

     २०७८ आश्विन ०७ गते ५:२०

काठमाडौँ, ७ असोज । सुनचाँदीको मुल्यमा गिरावट आएको छ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सयले घटेर प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोला ९० हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १५० रहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेर प्रतितोला ११५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?