काठमाडौँ, ६ असोज । प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र चीनकी राजदूत होऊ यान्छीबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय सहयोग तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।



