नेपालमा १४७८ संक्रमित, ६ जनाको मृत्यु

`

     २०७८ आश्विन ०६ गते १०:५९

काठमाडौँ, ६ असोज । नेपालमा थप १४७८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १२५१ र एन्टीजेन परिक्षणबाट २२७ गरि कुल १४७८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११०६७ पिसिआर र २८६३ नमुना एन्टीजेन परिक्षण गरि कुल १३ हजार ९३० जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६३० जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २१ हजार १३९ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?