नेप्सेमा १०४ अङ्कको सुधार, कारोबार रकम भने घट्यो

`

     २०७८ आश्विन ०६ गते ९:४६

काठमाडौँ, ६ भदौ । बुधबार नेप्से १०४ अंकले बढेर नेप्से परिसूचक २८१६ अंकमा कायम भएको छ।

कारोबार रकम भने घटेको छ। मंगलबार ७ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा आज कुल ६ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

सबै समूहमा हरियाली छाएको छ। बैंकिङ ६०, ब्यापार १३२, होटल तथा पर्यटन १३६, विकास बैंक ३८१, जलविद्युत १६९, फाइनान्स २०७, निर्जीवन बीमा ४४१, उत्पादन १८२, अन्य ४१, माइक्रोफाइनान्स १७०, जीवन बीमा ५५१ र लगानी समूह ३ अंकले बढे।

यस दिन प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, आइसिएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रो, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र लिबर्टी इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ।

मनकामना स्मार्ट लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, पन्कन्या माइ हाइड्रोपावर, माउन्टेन हाइड्रो र साइन रेसुङ्गा विकास बैंकको मूल्य ९.९ प्रतिशतले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?