संयुक्त राष्ट्रसंघका लागि सुहेल खान तालिबानका नयाँ राजदूत

`

     २०७८ आश्विन ०६ गते ७:५१

काठमाडौँ, ६ भदौ । सोमबार तालिबानले संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुटेरसलाई पत्र पठाएर विश्वका प्रमुख नेताहरूका सामु आफ्ना कुरा राख्ने अवसर मिलाइदिन तालिबानले आग्रह गरेको हो । यसैक्रममा तालिबानले संयुक्त राष्ट्रसंघका लागि अफगानिस्तानको राजदूतमा सुहेल खानलाई चुनिएको जनाएको छ । सुहेल खान दोहामा बसेर तालिबानको प्रवक्ताको भूमिका निर्वाह गरिरहेका छन् ।

रोयटर्सका अनुसार गुटेरसका प्रवक्ता फरहान हकले मुत्ताकीले पत्र पठाएको पुष्टि गरेका छन् । अहिले गुलाम इसाक्जई संयुक्त राष्ट्रसंघका लागि अफगानिस्तानका राजदूतका रूपमा रहेका छन् । तालिबानको पत्रमा भनिएको छ, ‘इसक्जईको मिसन पूरा भएको छ । अब उनले अफगानिस्तानको प्रतिनिधित्व गर्ने छैनन् । ’

संयुक्त राष्ट्रसंघका लागि नयाँ राजदूत मनोनीत गरेर कट्टरपन्थी मानिने तालिबानले अन्तर्राष्ट्रिय मान्यता पाउनका लागि कदम चालेको छ । लामो समयदेखि युद्धले ग्रस्त अफगानिस्तानको अर्थतन्त्र उकास्नका लागि पनि अन्तर्राष्ट्रिय सहायता आवश्यक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?