काठमाडौँ, ६ भदौ । बागलुङको ढोरपाटन नगरपालिका-२ तारीखेतमा आएको बाढीले दुई घर पुरिएको छ ।
बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए । उनका अनुसार बाढीमा कुनै मानवीय क्षति भएको छैन ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने बताए ।




