पर्सामा ७ स्थानमा बोर्डर आउट पोष्ट स्थापना, अवैध व्यापार नियन्त्रण तथा सीमा सुरक्षामा सहज हुने

`

     २०७८ आश्विन ०६ गते ५:४४

काठमाडौँ, ६ भदौ । पर्सामा नेपाल-भारतसँग सिमाना जोडिएका जिल्लाका ७ स्थानमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बिओपी) भवन निर्माण गरिएका छन्।

भवन निर्माण भएका स्थान पर्साको आसबारी, ठोरी, ब्रह्मनगर, सुवर्णपुर, भिस्वा, पकाहामैनपुर र अमरपट्टि बोर्डर आउट पोष्ट रहेका छन् । उक्त स्थानमा बोर्डर आउट पोष्टका भवन निमार्णपछि सीमा क्षेत्रमा हुने चोरी, तस्करी, अवैध व्यापार नियन्त्रण तथा सीमा सुरक्षामा थप सजिलो हुने अपेक्षा गरिएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

सङ्घीय सरकारको लगानीमा प्रतिबोर्डर आउट पोष्ट करीब रु। १ करोडको लागतमा भवन निमार्ण सम्पन्न भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?