काठमाडौँ, ५ असोज । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको छ ।
नेप्से परिसूचक १३.८३ अंकले बढेर २७१२.०७ अंकमा पुगेको छ ।
नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने उल्लास देखिएन । सोमबार साढे ८ अर्ब रुपैयाँको शेयर किनबेच भएकोमा मंगलबार भने ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार बढेको बजारमा सबैभन्दा धेरै कमाउनेमा मनकामना स्मार्ट लघुवित्त कम्पनीका लगानीकर्ताहरु देखिएका छन् । यो कम्पनीको शेयर मूल्य ९८.९० रुपैयाँले बढेको छ ।
दोस्रोमा रुरु हाइड्रोपवरको शेयरम मूल्य ६७ रुपैयाँले बढेर १ हजार २ सय २७ रुपैयाँ पुगेको छ । यसैगरी तेस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य १७ रुपैयाँले बढेर ३८२ रुपैयाँ पुगेको छ । यस कम्पनीले आजमात्रै ८.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।




