भारतीय सेनाको हेलिकोप्टर दुर्घटना हुँदा पाइलट र को-पाइलट गम्भीर घाइते

`

     २०७८ आश्विन ०५ गते ८:५९

एजेन्सि, ५ असोज । भारतीय सेनाको हेलिकोप्टर जम्मूमा दुर्घटना भएको छ ।

उधमपुर जिल्लाको चर्चित पर्यटन स्थल पटनी टपको माथिल्लो इलाकामा भारतीय सेनाको चीता हेलिकोप्टर मंगलबार बिहान दुर्घटनाग्रस्त भएको हो । बीबीसीका अनुसार उक्त दुर्घटनामा हेलिकोप्टरका पाइलट र को–पाइलट गम्भीर रुपमा घाइते भएका छन् ।

जम्मूमा सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दको अनुसार तालिम उडानका क्रममा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । इलाकामा भारी वर्षा र कुहिरोका कारण दुर्घटना भएको बताएको छ ।

घाइते दुबै पाइलटलाई नजिकैको सैनिक अस्पताल पुर्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?